Like us!
Follow us!
Connect us!
Watch us!

म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइनः रवि लामिछाने

अर्थ संसार

शुक्रबार, १७ चैत्र २०७९, ०७ : ०१ मा प्रकाशित

म काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइनः रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आँफु गोडामा बिझेका काँडा टिप्न निहुरिएको भन्दै नझुकेको बताएकाछन् ।

उनले आफ्नो सामाजिक सञ्जाल मार्फत यस्तो धारणा सार्वजनिक गरेका हुन् । उनले लेखेका छन् ‘मेरा गोडामा काँडा बिझेका थिए । म ती काँडाहरु टिप्न निहुरिएको हुँ, झुकेको होइन । अब स्वर्णिम दिनहरू आउने छन् र यो देश हाम्रो पुस्ताले हाँक्ने छ । एकको बदला तिन लिएर संसद छिर्ने सपना छ । 

कांग्रेस छाडेका युवा अर्थशास्त्री डा. स्वर्णिम वाग्लेलाई पार्टीमा भित्र्याएका उनले बिहीबार राति फेसबुकमा एकको बदला तीनजना सांसद लिएर सदन छिर्ने प्रणसमेत गरेका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले बारा २ मा हुने उपनिर्वाचनमा नेपाल प्रहरीका पुर्व डिआईजी रमेश खरेललाई उठाने तयारी गरेको छ भने चितवन २ बाट लामिछाने आँफै निर्वाचन लड्दैछन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको