Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १४ : २० मा प्रकाशित

प्राइम कमर्सियल बैंकको संस्थापक सेयर बिक्रीमा, सर्वसाधारणले पनि भर्न पाउने

प्राइम कमर्सियल बैंक लिमिटेडले केही संस्थापक सेयरहरू बिक्री गर्ने भएकाे छ । बैंकका संस्थापक सेयरधनी ले आफ्नाे नाममा रहेकाे सेयर बिक्री गर्न निवेदन दिएका हुनाले बैंकले उक्त सेयरहरू बिक्री गर्न लागेकाे हाे । बैंकले सेयर संख्या र मूल्य भने खुलाएकाे छैन । 

बैंकले यसअघि एक सूचना प्रकाशन गर्दै बैंकका विद्यमान संस्थापक शेयरधनीहरुलाई ३५ दिनभित्र उक्त सेयर खरीद गर्न आह्वान गरेकोमा संस्थापकहरुबाट कुनै पनि निवेदन प्राप्त नभएकाले अब अन्य इच्छुक व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गर्न लागेको हो ।

उक्त सेयर खरिद गर्न इच्छुक व्यक्ति वा संस्थाले सूचना प्रकाशन भएकाे मितिले १५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंककाे कम्पनी सचिवकाे कार्यालयमा आइपुग्ने गरी निवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको