Like us!
Follow us!
Connect us!
Watch us!

सुधारोन्मुख हुँदै नेपालकाे पर्यटन उद्योग : निजी क्षेत्र बनाउँदै पर्यटन सुधारको आधार

धिरज पौड्याल

सोमबार, १९ मंसिर २०७९, १५ : ३४ मा प्रकाशित

सुधारोन्मुख हुँदै नेपालकाे पर्यटन उद्योग : निजी क्षेत्र बनाउँदै पर्यटन सुधारको आधार

नेपालको पर्यटन क्षेत्र अहिले सम्भावना र संघर्षको दोधारमा रहेको छ। पर्यटन क्षेत्रको सम्भावना ले केही दशक देखि उद्यमी हरुलाई आकर्षित गरेको पर्यटन व्यवसाय २०७२ सालको माहा भूकम्पले प्रभावित गर्यो। २०७२ को भूकम्पले पर्यटन क्षेत्र निकै प्रभाब पर्यो। विभिन्न पर्यटकीय गन्तव्य क्षति पुग्यो कतै प्रभावित बन्यो कतै पूर्ण क्षति पुग्यो। भूकम्पको चोट पूर्ण रूपमा निको भई नसक्दा पुनः अर्को धक्का २०७७ को कोभिडले दियो।

नेपालमा पर्यटन क्षेत्रको सम्भावना अनुरूपको प्रतिफल प्राप्त गर्न सकिरहेको छैन। दशकौ अघि देखि विकासको छलाङ पार गर्न खोजेको नेपालको पर्यटन क्षेत्रले उल्लेख्य गति लिन भने सकेन तर यो वर्षको अध्यागमन विभागको तथ्याङ्क हेर्दा मासिक रूपमा नेपाल भित्रिने संख्या बढिरहेको छ। मासिक रूपमा नेपाल भित्रिने व्यक्तिहरूको संख्या बढिरहँदा अहिले आन्तरिक पर्यटनको संख्यामा पनि विकास भइरहेको छ। अहिले प्रायः सामाजिक सञ्जालमा हेर्दा नेपालमा रहेका व्यक्तिहरू सिजन अनुसारका पर्यटकीय गन्तव्य तर्फ यात्रा गरिरहेका छन्। पर्यटनक्षेत्र चलायमान रहदाँ यसको प्रतक्ष्य प्रभाव अर्थतन्त्रमा पर्दछ आन्तरिक अर्थतन्त्रमा चलायमान हुन मद्दत गर्दछ। 

नेपालको पछिल्लो केही महिना यताको तथ्याङ्क हेर्दा पर्यटन क्षेत्रको गति सकारात्मक हुँदै गइरहेको छ। पर्यटन प्रवद्र्धन गर्न व्यक्तिगत तहमा राम्रो प्रयास भइरहेको देख्न सकिन्छ। राज्यले आकर्षक रूपमा अन्तराष्ट्रिय आकर्षण गर्न नसके पनि उद्यमीहरुले आन्तरिक पर्यटनलाई चलायमान बनाउन लागिपरेका छन्। अहिले नेपाली हरूका आन्तरिक गन्तव्यहरु पर्यटकीय गन्तव्यको रूपमा स्थापित बनेका छन्। पर्यटन विस्तार गर्न राज्य तहबाट भएका प्रयास भ्यू टावर निर्माण देखि चोकमा ठूला ठूला सालिक बनाउनमात्र सीमित रहे तर निजी तहका प्रयासबाट अहिले राष्ट्रको पर्यटनलाई राम्रो टेवा मिलिरहेको छ। 

नेपालको पर्यटनको सम्भावना केही महिना अगाडि देखि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त Vlogger र तिनीहरूले सामाजिक सञ्जालमा आफ्नी Vlog राख्दा विश्वब्यापी रूपमा ती Vlog हेर्ने दर्शकको प्रतिक्रिया पढ्दा थाहा हुन्छ। कमेन्टमा उनीहरू नेपाल भ्रमणमा आउने उत्सुकता व्यक्त गरिरहेका हुन्छन्। उनीहरूको उत्सुकता लाई भ्रमणको रूपमा परिणत गर्न हामी चुकिरहेका भने छौ। 

नेपालमा आउने अधिकांश पर्यटक छिमेकी राष्ट्र भारतबाट रहेका छन। विश्वब्यापी रूपमा नेपालको पर्यटकीय गन्तव्यको प्रचार हुन नसक्दा उल्लेख्य पर्यटक भित्र्याउन सकिरहेको छैन। अहिले विश्वब्यापी ट्रेन्डलाई हेर्दा इनोभेटिभ, मानव निर्मित र विभिन्न आकर्षक गन्तव्यहरु निर्माण गरी पर्यटक आकर्षण गरिरहेका छन तर नेपालले सधैं उही सेता हिमाल र यहाँको संस्कृति हेर्नलाई मात्र नेपाल आऊ भनी प्रचार गरिरहँदा उल्लेख्य प्रभाब पर्न सकिरहेको छैन राज्यले हामीसँग के छ भन्दा पनि उनीहरू के हेर्न चाहिरहेका छन र पर्यटनको गन्तव्य कुन इच्छातर्फ मोडिएको छ भन्ने चिन्न सक्नु आवश्यक रहन्छ। 

छिमेकी राष्ट्र भारत सन् २०१९ को तथ्याङ्क हेर्दा १७.८ मिलियन विदेशी पर्यटक हरुलाई स्वागत गर्न सफल रहेको थियो। भारत विश्वको २२ औं र एशिया को ८ औं पर्यटकलाई स्वागत गरेको थियो। नेपालले अन्तराष्ट्रिय पर्यटन क्षेत्रको विकासको गतिको हिसाबले प्रवद्र्धन गर्नुपर्ने देखिन्छ। राज्यले अध्यन बिना लिने गरेका विभिन्न निर्णयले पर्यटन क्षेत्रको विस्तार हुन भने सकेको छैन। सरकारले देखेको एकमात्र उपाय पर्यटन वर्ष मनाएर पर्यटक आकर्षण गर्ने तर उही पुरानो तरिकाबाट पर्यटक आकर्षण गर्दा त्यसले पर्यटकको संख्यामा विस्तार गर्ने भने नदेखिने अध्यणहरुमा देखिएको छ। 

राज्यले पर्यटक आकर्षण गर्न नेपाल पर्यटन वर्षनै कुर्नुपर्ने जस्तो देखिन्छ। हालसालै विश्वब्यापी चर्चित Vlogger धेरै जना नेपालमा घुमेर नेपाली पर्यटनको प्रचार गरिरहेका छन् तर राज्यले उनीहरूले निःशुल्क गरिदिएको प्रचारमा थप स्वागत र प्रभावकारिता गराउन चाहेको भने छैन। राज्यले आफ्नो खर्चमा पर्यटन प्रवद्र्धन गर्न आमन्त्रण गरेका व्यक्तिलाई मात्र स्वागत गर्न केन्द्रित देखिन्छ। केही महिना अगाडि चर्चित टेलिभिजन कार्यक्रम म्यान भर्सेस वाइल्डका प्रस्तोता बियर ग्रील नेपाल भ्रमणमा आएका थिए राज्यले उनलाई स्वागत गर्न कुनै चासो देखाएन, यसरी घुम्न आउने व्यक्तिहरू राज्यले देखाउन खोजेका पर्यटकीय गन्तव्यको परिचय दिन सम्म चासो देखाएन ।

२०२२ देखि अहिले नोभेम्बर सम्म करिब ५ लाख बढी पर्यटकलाई नेपालले स्वागत गरेको छ भने आन्तरिक पर्यटन निकै चलायमान छ। अहिले नेपालमा विद्यालय सिकाइ अन्तर्गत शैक्षिक भ्रमणका कार्यक्रमले पनि आन्तरिक पर्यटन प्रबर्धन गर्न टेवा मिलिरहेको छ। केही दिनको बिदा रहदाँ काठमाडौं नजिकका पर्यटकीय क्षेत्र घुम्न जाने तथा ट्रेकिङ जाने ट्रेन्डले पर्यटन प्रवर्धनमा जोड दिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको