नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदुरपश्चिम रोयल्सले लगातार दोस्रा जित निकालेको छ । आज भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै दोस्रा जित निकालेको हो ।
जितका लागि १९४ रनको लक्ष्य पाएको पोखराले निर्धारीत ओभरमा ९ विकेट गुमाएर १७५ रन मात्रै बनाउन सक्यो । उसका लागि कप्तान कुशल भुर्तेलले सार्वधिक ५३ रनको योगदान दिए । त्यस्तै जेमि निशमले ४७ रनको पारी खेले । अन्यले उलेख्य प्रदर्शन गर्न सकेनन् । त्यस्तै डान डाउथवेटले पनि टोलिका लागि ३७ रनको योगदान दिए । पोखरालाई लक्ष्यसम्म पुग्नबाट रोक्ने क्रममा सुदूरपश्चिमका हर्मीत सिंहले २ विकेट लिए । त्यस्तै स्कट कुगेलेइजन, दीपेन्द्री सिंह ऐरि, अभिनासा बोहोरा, नरेन साउद र हेमन्त धामीले एक एक विकेट लिए ।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाएको थियो । पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा १०८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । जस ब्राउनले ६८ रन बनाए । त्यस्तै अर्का ओपनर विनोद भण्डारी ४३ रनको योगदान दिए ।
त्यस्तै क्रिस लिनले ३१ रनको योगदान दिए । कप्तान दीपेन्द्रसिंह ऐरी १५ बनाए भने अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । पोखराका लागि जिम्मी निसमले ३ विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस