Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल सिजन २ : सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १८ : ४४ मा प्रकाशित

एनपिएल सिजन २ : सुदूरपश्चिमले पोखरालाई दियो १९४ रनको लक्ष्य

नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट अन्तर्गत सुदुरपश्चिम रोयल्सले पोखरा एभेन्जर्ससामु जितका लागि १९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारीत ओभरमा ७ विकेट गुमाएर १९३ रन बनाए पछि उक्त लक्ष्य पाएको हो । 

पहिलो विकेटका लागि ओपनरद्वय जस ब्राउन र विनोद भण्डारीले १०.४ ओभरमा १०८ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात गरेको थियो । जस ब्राउनले ३५ बलमा चार चौका र पाँच छक्काको सहयोगमा ६८ रन बनाए । अर्का ओपनर विनोद भण्डारी ४२ बलमा ६ चौका सहयोगमा ४३ रनको योगदान दिए । 

त्यस्तै क्रिस लिनले ३१ रनको योगदान दिए । त्यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी १५, स्कट कुग्लेजिन ८ र हरमित सिंहले ४ रन बनाए । पोखराका लागि जिम्मी निसमले तीन विकेट लिए । डान डाउथवेट र आकाश चन्दले दुई–दुई विकेट लिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको