Like us!
Follow us!
Connect us!
Watch us!

एनपिएल क्रिकेट : पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनको अर्धशतक

अर्थ संसार

शुक्रबार, ०५ मंसिर २०८२, १७ : ०० मा प्रकाशित

एनपिएल क्रिकेट : पोखराविरुद्ध सुदूरपश्चिमका ब्राउनको अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी पोखरा एभेन्जर्सविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका ओपनर ब्याट्सम्यान जोस ब्राउनले अर्धशतक प्रहार गरेका छन् । प्रारम्भदेखि नै आक्रामक रूपमा प्रस्तुत भएका उनले २९ बलमा आफ्नो अर्धशतक पुरा गरेका हुन् । 

उनले तीन छक्का र पाँच चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । जारी सिजनको एनपीएलमा अर्धशतक प्रहार गर्ने उनी सुदूरपश्चिम रोयल्सका दोस्रा खेलाडी हुन् । यसअघि, काठमाण्डू गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिमका हरमित सिंहले २० बलमा ५३ रन बनाएका थिए ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको