Like us!
Follow us!
Connect us!
Watch us!

प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटघाटमा प्रचण्ड !

पत्रपत्रिका

मंगलबार, २० मंसिर २०७९, ०६ : ४९ मा प्रकाशित

प्रधानमन्त्री बन्न ‘गोप्य’ भेटघाटमा प्रचण्ड !

आमनिर्वाचन मतपरिणाम सार्वजनिक हुने अन्तिम चरणमा पुगेसँगै नयाँ सरकार गठनका लागि प्रमुख दलका शीर्षनेता आन्तरिक गृहकार्य तीव्र रूपमा जुटेका छन् । आगामी सरकारको नेतृत्व गर्ने दौडमा रहेका नेपाल कम्युनिस्ट पार्टी (माओवाद केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोप्य भेटघाट तीव्रता पारेका छन् । 

ललितपुर खुमलटारस्थित निवासमा सोमबार प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी एमाले सचिव रघुवीर महासेठसँग ‘गोप्य भेटघाट’ गरे । एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि फोन गरेर प्रचण्डलाई बधाई दिँदै ‘आगामी दिन मिलेर अगाडि बढ्न गरेको’ प्रस्तावपश्चात् ओलीनिकट नेता महासेठले गरेको ‘प्रचण्डसँगको भेटलाई अर्थपूर्ण’ रूपमा लिइएको छ ।

सत्तारूढ गठबन्धनको बालुवाटारमा सोमबार नै बसेको बैठकमा ‘निर्वाचन समीक्षाका साथै आगामी सरकार गठनबारे छलफल भयो । सो छलफलमा सत्तारूढ गठबन्धनकै पुनः सरकार बनाउने सहमति जुटेको छ । तर, गठबन्धन बैठकअघि प्रचण्डलाई एमाले सचिव महासेठ र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालसमेत छुट्टाछुट्टै भेटघाट हुनुलाई ‘अर्थपूर्ण’ रूपमा लिइएको छ ।

‘जसरी पनि प्रधानमन्त्री बन्ने’ दौडमा रहेका माओवादी केन्द्र अध्यक्ष प्रचण्डले ‘भए सत्तारूढ गठबन्धनबाट नभए एमालेसहितका दलहरूको समर्थनमा प्रधानमन्त्री बन्ने’ चाहना राखेको उनीनिकट नेताहरू बताउँछन् । केही दिनअघि एकीकृत समाजवादी अध्यक्ष नेपालसँग भेटघाट गरी सिन्धुपाल्चोक सुकुटे पुगेका प्रचण्डले त्यहाँ प्रधानमन्त्रीका लागि आन्तरिक छलफलमा आफँ लागेको बताएका थिए ।

प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित केही सांसद र जिल्ला नेतासँगको छलफलमा प्रचण्डले ‘सरकारको नेतृत्व गर्नका लागि आफँ आन्तरिक तयारीमा जुटिसकेको’ जानकारीसमेत प्रधानमन्त्री शेरबहादुर देउवालाई गराइसकेको बताएका थिए । राजधानीदैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको