Like us!
Follow us!
Connect us!
Watch us!

भगवती हाइड्रोले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

बुधबार, २१ मंसिर २०७९, १२ : ०८ मा प्रकाशित

भगवती हाइड्रोले प्रिमियममा आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

भगवती हाइड्रोपावर कम्पनी लिमिटेडले प्रिमियममा साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि १४ लाख ३० हजार १ सय ६२ कित्ता आईपीओ निष्कासन गर्न मंसिर २० गते, मंगलबार सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित मूल्यमा १६ रूपैयाँ प्रिमियम थपेर प्रतिकित्ता १ सय १६ रूपैयाँमा आईपीओ निष्कासन गर्न लागेकाे हाे । 

कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

6390326cab122.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको