एभरेष्ट बैंक लिमिटेडको २८औँ वार्षिक साधारण सभा आज मंसिर २६ गते, सोमबार लैनचौर बैक्ङ्क्वेट, लैनचौर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।
सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।
त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १३ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस