Like us!
Follow us!
Connect us!
Watch us!

३ कम्पनीको दोस्रो बजार कारोबार आजदेखि सुरु, कुनको ओपनिङ रेन्ज कति ?

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, ०६ : ३१ मा प्रकाशित

३ कम्पनीको दोस्रो बजार कारोबार आजदेखि सुरु, कुनको ओपनिङ रेन्ज कति ?

आज बुधबनरदेखि नेप्सेमा थप ३ कम्पनीको दोस्रो बजार कारोबार सुरु हुने भएका छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार एकैचोटी ३ कम्पनीको साधारण सेयर (आईपीओ) सूचिकृत भएको छ ।

स्टकका अनुसार इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेड (EHPL) को ६२ लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि ७२ रूपैयाँ ३३ पैसादेखि अधिकतम २ सय १६ रूपैयाँ ९९ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

यसैगरी, पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेड (PHCL​) को ३ कराेड २० लाख कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम ३ सय रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

त्यसैगरी, श्रृजनशिल लघुवित्त वित्तीय संस्था लिमिटेड (SHLB) को १० लाख ९३ हजार ७ सय ५० कित्ता सेयर सूचिकृत भएको हो । कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ३ सय २ रूपैयाँदेखि अधिकतम ९ सय ६ रूपैयाँसम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको