Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १२ : १६ मा प्रकाशित

प्राइम लाइफले डाक्याे साधारण सभा, लाभांश पारित मुख्य एजेन्डा

प्राइम लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे मंसिर २७ गते, मंगलबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे पन्ध्राैँ वार्षिक साधारण सभा पाैष २४ गते, आइतबार अग्रवाल भवन, कमलपाेखरी, काठमाडाैँमा दिउँसाे २ बजेबाट सुरु हुनेछ  ।

सभामा कम्पनीकाे कार्तिक २ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको