Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफको साधारण सभाबाट १३ प्रतिशत बाेनस पारित

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १६ : ३६ मा प्रकाशित

प्राइम लाइफको साधारण सभाबाट १३ प्रतिशत बाेनस पारित

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज पौष २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा सम्पन्न भएकाे छ ।

सभामा कम्पनीकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिएकाे छ ।

यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको