Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

आइतबार, २४ पुस २०७९, ०६ : ४२ मा प्रकाशित

प्राइम लाइफ इन्स्योरेन्सको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको पन्ध्रौँ वार्षिक साधारण सभा आज पौष २४ गते, आइतबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौँमा दिउँसो २ बजेबाट सुरु हुनेछ ।

सभामा कम्पनीकाे कार्तिक २ गते बुधबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई १३ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १ कराेड ९० लाख १८ हजार ४ सय २२ रूपैयाँ बराबरकाे ०.६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि पाैष ८ गतेदेखि बुकक्लाेज गरेकाे थियो त्यसैले, पाैष ७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको