Like us!
Follow us!
Connect us!
Watch us!

खुसी खाेजेर भेटिँदैन, आत्मसन्तुष्टी हुुनुपर्छ त्यही साेचेर मनमगन गीत लेखेँ : रिकी शाक्य

अर्थ संसार

बुधबार, २८ मंसिर २०७९, १६ : १९ मा प्रकाशित

खुसी खाेजेर भेटिँदैन, आत्मसन्तुष्टी हुुनुपर्छ त्यही साेचेर मनमगन गीत लेखेँ : रिकी शाक्य

सन् २०१८ अप्रिल १४ मा सामाजिक सञ्जाल युट्युबमा गायक दीपक बज्राचार्यको च्यानलमार्फत सार्वजनिक गीत मन मगन जसले नेपालको संगीत क्षेत्रमा नयाँ तरङ्ग ल्यायो, रिकी शाक्यको शब्द र दीपक बज्राचार्यको श्वरमा सार्वजनिक मन मगन शीर्षकको गीतले प्रेम र विछोडको गीतमा रमाउने नेपाली युवा र विश्वलाई यस गीतले रमायो नचायो। 

यूट्यूबमा ३ करोड ७० लाख बढी पटक सुनिएको मन मगन गीतका लेखक हुन् रिकी शाक्य, २०४२ सालमा पाटनमा जन्मिएका रिकी बलपन देखिनै गीत संगीतमा रुचि राख्थे, नेवारी समुदायमा हुर्केका उनी तत्कालीन समयमा गीत सङ्गीत तर्फ भविष्य खोज्नु र गीत गएर हिँड्नुलाई के ठूलो भएसी बिहेमा बाजा बजाउँदै हिड्छन भन्ने गर्थे, आफ्नो क्षमता पहिचान गरेर संगीतमा भविष्य खोज्ने संघर्ष गरेकाे उनी बताउँछन् । 

बालापनदेखिनै गीत र संगीत तथा नेवारी बजारमा रमाएका उनी गीत सङ्गीतसँगै हुर्के, मामा दिपक बज्रचार्य गएक थिए, जन्मदेखि बाल्यावस्थासम्म संगीतमा रमाएका उनले बालापनमा गित गाउने गर्थे, उनिमा अन्तरनिहित प्रतिभाको रूपमा गीत स्थापित रहेको थियो। 

कक्षा ९ मा अध्यनरत रहँदा मामा दीपक बज्रचार्यले जीत गाउन सल्लाह दिनुभयो, विद्यालयका कार्यक्रममा गीत गाउने बजाउने गर्थे, मामाको सल्लाहलाई सकारात्मक रूपमा लिए मैले ऋतु शीर्षकको शब्द लेखे, शब्द राम्रो बन्यो केही समय लिएर उक्त शब्दलाई पूर्ण रूप दिए र गीत सार्वजनिक भयो। अनुभबको लागि निश्काशन गरेको गीत त्यसबेलाको चर्चित गित बन्यो, अपेक्षा गरेको थिएन उक्त गीतले धेरै दर्शकको माया पाउँदा आफूमा भएको क्षमता पहिचान गर्न सहयोग गर्यो। उनी बताउँछन् । 

रिकीको शब्द र संगीतको गितबाट उनी कक्षा ९ मा अध्यान्तर रहदाँ उनले Hit's FM Music Award मा Best Song Of The Year 2004 उपाधि जितेका थिए। त्यसवेला राष्ट्रिय स्तरमा Hit's FM Music Award एकमात्र म्युजिक अवार्ड रहेको थियो। अवार्ड भन्दापनि स्रोता तथा दर्शकको मायाले थप प्रेरित गरिरह्यो। “ऋतु गीत त्यसबेला हिट हुन्छ भनेको लेखेको थिएन, म गीत संगीतप्रति प्रभाबित भएको थिए म्युजिकको प्रभाव दिमागमा अझैपनि घुमिरहेको हुन्छ सोचाइले निकालेको धुन अनुशार हात चल्दै गयो। " उनी बताउँछन् । 

"पहिलाे गीतनै सफल हुँदा म्युजिक क्यारियरको सम्भावना र सङ्घर्ष दुवै सँगै आएको थियो। पहिला संगीतमा लागेर पछि अध्ययनमा लाग्छु भन्ने सम्भव थिएन,अध्यनलाई पूरा गरेर सङ्गीतको क्यारियर अबलम्बन गर्ने उपयुक्त लाग्यो केही समय अध्ययनमा लागे र म्युजिकलाई केही समय रोकिए। मलाई एरोनोटीक ईन्जिनियरिङ्मा रुचि थियो तर त्येशबेला राम्रो संगीत पाठशाला नभएको नेपालमा एरोनोटीक ईन्जिनियरिङ्त सम्भव थिएन, अध्यनलाई बाहिर जानु पर्ने थियो, अमेरिका र फिलिपिन्स अध्ययनमा जाने प्रयास पनि गरे तर आर्थिक बाध्यताका कारण त्यो इच्छा त्याग्नु पर्यो संगीतलाईनै करियर बनाउन सङ्घर्ष गरे।अहिले गीत संगीत देश विदेश नचाई रहेको छ उडाई रहेको छ।" उनी बताउँछन् । 

उच्च माध्यमिक तहको अध्ययन प्रसादी एकेडेमीमा गरे, कलेजमा अध्ययन गर्दा शो, कन्सर्ट बढी हुने गर्थे, कलेजले त ब्ल्याक लिस्टमै राखेको थियो कति पटक त सस्पेन्ड पनि भएँ। क्लासमा डेस्क बेच्नहरु बाद्यबादनको साधन बन्थे, डेस्क र बेन्चलाई प्रयोग गरी क्लासमै कन्सर्ट गर्यौ, त्यसरी क्लास कन्सर्ट गर्दा साथीहरु पनि सँगै नाच्थे मोटिभेसन त मिल्थ्यो नै तर सरको कारबाही पनि उत्तिकै मिठो हुन्थ्यो। स्नातक तहको अध्ययन पाटन कलेजबाट पूरा गरे, ११, १२ पढ्दा रमाइलोको लागि गर्ने गर्यौ अब पेशागत रूपमै संगीतलाई लैजानुपर्ने थियो। करिएर संगीत तर्फ गइसकेको थियो अब केही सिरियस हुनुपर्ने थियो ब्याचलर सम्मत अल्लारेनै थिए। उनी बताउँछन् । 

उनी Rhythm ब्यान्डमा आबद्ध भए हालसम्म देश र विदेशका विभिन्न ठाउँमा ८०० बढी कन्सर्ट गरिसकेकी उनी बताउँछन् । 

"हामीले व्यन्डमा सँगै विभिन्न ठाउँमा कन्सर्ट गर्यौ, व्यन्डलाई नयाँ गीतहरू चाईएको थियो, गीत हरु पुराना भएका थिए पुस्तान्तरण भइसकेको थियो नयाँ पुस्ता पुराना गीतहरू सुन्न इच्यूक थिएन हामीले अहिलेको पुस्तालाई नचाउने गीत बनाउन चाहिरहेको थियौं। हामीले हाम्रो पुस्तालाई सुन्ने गीत बनाउन हामीले विभिन्न कम्पोजर खोज्यौ, खोजेजस्तो कम्पोजर हामीले भेटेका थिएनौं पहिला गीत लेखेको थियौं, तिमीनै कम्पोज गर गाएक दीपक बज्राचार्यले भन्नुभयो सो उत्साहमा मैले शब्द सृजना गरेँ ।, " रिकी बताउँछन् । 

रिकी बीचमा केही समय गायक तथा संगीतकार न्यू बज्राचार्य सँग जोडिएका थिए। डोरेमी सङ्गीत पाठशालामा उनी न्यु बज्राचार्य सँग सँगै रेकर्डिङ गरे, गीतहरु कम्पोज गरेँ । न्यू बज्राचार्यसँगको सहकार्यको समयमा उनले विभिन्न गीत लेखे, गीतलाई संगीत दिए। 

उनी त्यस समयमा साहित्यकार दुर्गा लाल श्रेष्ठ सँग सहकार्य गर्ने अवसर पाए। उनी भन्छन्, "साहित्यकार दुर्गा सरसँगको सिकाईमा उहाँले शब्द चयन गर्न, शब्द खेलाउन र उक्त मोमेन्ट बाँचेर गित लेख्ने सल्लाह दिनुहुन्थ्यो जसले मलाई गीत लेख्न मद्दत गर्यो। सोही कुरालाई आत्मसाथ गर्दै मैले मन मागन गीतको शब्द लेखे। खुसी को छ, खुसी हुनु आफू खुसी हुनुपर्छ ।"

"हामीले मन मगन गीत चल्दैनकी भनेर विकल्पको रूपमा राख्यौं, त्यसबेला गित चल्ने भनेको की त माया प्रेमको की त बिछोडको या त रास्ट्रको या त साथी सम्बोधन गरेर लेख्नु पर्ने थियो। उक्त गीतले यी कुनै पनि कुरा छोएको थिएन । यो गीत सार्वजनिक गर्नको लागि तयार थियो तर हामीले अन्य गीतलाई प्राथमिकता दियौ। हामीले मन मागन सार्वजनिक गर्द नेपालको म्युजिकमा परिवर्तन ल्यायौ गीत संगीतलाई माया प्रेम भन्दा माथि गयो, हामीले गीतमा नेपालको संस्कृति कला साहित्यलाई राम्रो सँग झलक्यायौ, नेपालमा र बाहिर बसेका नेपालीहरुलाई नेपाली संस्कृतिको पुनः परिचित गरायौं जसले हामीलाई उनीहरूको माया प्राप्त भयो।", उनी बताउँछन् ।

"हाम्रो आफ्नै नेपाली बाजाको आफ्नै बोल छ, हाम्रो संगीतमा पनि बोल छ भन्ने कन्सेप्टमा संगीत तयार गर्यौ। नेपालमा प्रवेश गर्दै गएको डीजेलाई यो संगीतले केही हद सम्म प्रभावित नै गर्यो। हाम्रो गीतले पार्टी, क्लबमा डीजेको रूपमा लिगियो, अहिलेको पुस्ताले रक गीत सुन्न मन पराउँछ हामीले गीतको संगीत नेपाली संस्कृति र हाम्रो बाजा प्रयोग गरी रक बनायौ। गित नेपालमा मात्र नभई छिमेकी राष्ट्र भारतमा पनि हिट भयो। "

"संगीतमा कुनै भूगोल हुँदैन, भाषा हुँदैन-भाव हुन्छ”

"भारतमा गित चर्चित भएपछि सो गीतको हिन्दी संस्करणको लागि प्रस्ताव आयो हामी सकारात्मक थियौं। उनीहरूले शब्द पठाएका थिए , उनीहरूले पठाएको शब्द अर्थहीन थिए, गित संगितको लागि सम्झौता गरेको जस्तो थियो। मैले शब्दलाई गीतको भाव र मर्म तलमाथि नगरी आफै हिन्दी भाषामा उल्था गरे, उनीहरूलाई उक्त गीत असाध्यै मन पर्यो। त्यसपश्चात हिन्दी संस्करण हुँदै नेवारी भाषामा पनि सार्वजनिक गर्यौ।" उनी बताउँछन् । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको