Like us!
Follow us!
Connect us!
Watch us!

पुसमा तरलता थप असहज हुने गभर्नरकाे अभिव्यक्तिपछि घट्याे सेयर बजार

नेप्से

विहीबार, २९ मंसिर २०७९, १५ : ११ मा प्रकाशित

पुसमा तरलता थप असहज हुने गभर्नरकाे अभिव्यक्तिपछि घट्याे सेयर बजार

साताकाे अन्तिम काराेबार दिन आज (बिहीबार) पनि सेयर बजारले ओरालो यात्रा नै तय गरेको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घट्दा काराेबार रकम भने अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को महासभालाई सम्बोधन गर्दै पुसमा तरलता थप असहज हुने अभिव्यक्ति दिएका थिए । उनकाे उक्त अभिव्यक्तिले लगानीकर्ताहरूकाे मनाेबल घटेकाे आँकलन गर्न सकिन्छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक १४.४८ अंकले घटेर १८८२.६० विन्दुमा झरेकाे छ । नेप्से ०.७६ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.१५ अंकले घटेर ३६८.०४ विन्दुमा झरेको छ । 

कूल २५४ वटा कम्पनीकाे ४८ लाख ४ हजार २ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १९ करोड २६ लाख १६ हजार एक सय ८७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ ।

आज एनसीसी बैंककाे संस्थापक सेयरकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे संस्थापक सेयरकाे २२ कराेड ८९ लाख ४२ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

बिहीबार  २ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । रूरू जलविद्युत कम्पनी लिमिटेड र इष्टर्न हाइड्राेपावरकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज पनि पिपुल्स हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर २ सय ४३  रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको