Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

विहीबार, २९ मंसिर २०७९, १६ : ३७ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रभु बैंक लिमिटेड र चिलिमे जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

प्रभु बैंककाे ६.५ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता एक सय ८९ रूपैयाँ ५८ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य २ सय एक रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, चिलिमे जलविद्युत कम्पनीकाे ७.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ३ सय ६२ रूपैयाँ ७९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ३ सय ९० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको