Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल चेम्बरले महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिने

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १३ : ५० मा प्रकाशित

नेपाल चेम्बरले महिला उद्यमीका लागि सूचना प्रविधि तालिम दिने

नेपाल चेम्बर अफ कमर्स अन्तर्गतको महिला चेम्बले उद्यमी महिलाका लागि सूचना प्रविधि सम्वन्धी तालिम दिने भएको छ । लर्ड बुद्ध एजुकेशन फाउण्डेसनसंगको सहकार्यमा मुलुकभरका उद्यमी महिलालाई सूचना प्रविधि सम्वन्धी तालिम दिन लागिएको हो । तालिम सम्बन्धी सम्झौता पत्रमा महिला चेम्बरकी सचिव लिमा अधिकारी र फाउण्डेसनका अध्यक्ष पंकज जलानले हस्ताक्षर गरे ।

हस्ताक्षर समारोहमा चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले सूचना प्रविधि तालिम रोजगारी सिर्जना गर्न र व्यवसायिक वृद्धिका लागि फलदायी हुने अपेक्षा गरेका छन् । सूचना प्रविधिको विकास तिब्र गतिमा अघि बढिरहेको सन्दर्भमा उद्यमी महिलालाई दिइने तालिम महत्वपुर्ण भएको अध्यक्ष मल्लको भनाई छ । विद्युतको उपलव्धतासंगै सूचना प्रविधिको विकास राज्यको पनि प्राथमिकतामा पर्नुपर्ने अध्यक्ष मल्लले बताए । 

सूचना प्रविधि तालिममा महिला चेम्बरको समन्वयमा स्थानीयतह, प्रदेश र केन्द्रीयस्तरबाटै उद्यमी महिला छनोट हुने चेम्बरद्धारा जारी विज्ञप्तिमा उल्लेख छ । तालिममा सहभागि इच्छुक उद्यमी महिला छनोटका लागि एक स्वतन्त्र किमिटि समेत गठन गरिने नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्यमी महिलाका लागि सञ्चारक्षमता, बजार प्रर्वद्धन, वेबसाईट डिजाईन लगायतका बिषयमा तालिम दिईने महिला चेम्बरकी सचिव लिमा अधिकारीले जानकारी दिइन् । लर्ड बुद्ध फाउण्डेसनका अध्यक्ष जलानले अनलाईन व्यवसायलाई प्रर्वद्धन गर्न उद्यमी महिलालाई तालिम दिन लागिएको बताए । अनलाईन एपको विकाससंगै लेखा सम्वन्धी तालिम समेत दिईने उनको भनाई छ । तालिम सम्बन्धी कार्यक्रम पुस १५ गतेदेखि १ बर्षसम्म सञ्चालन हुने जलानले बताए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको