Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सकाे साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

अर्थ संसार

शुक्रबार, ०१ पुस २०७९, १४ : ०२ मा प्रकाशित

नेप्सकाे साधारण सभा सम्पन्न, १० प्रतिशत लाभांश पारित

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) को नवौं वार्षिक साधारण सभा हिजाे मंसिर २९ गते बिहिबार हात्तिसारस्थित आरन्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष रविन कुमार नेपालको अध्यक्षतामा सम्पन्न भएको छ ।

सभाले नेप्स संचालन ईतिहासमा पहिलो पटक संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको १०% का दरले हुन आउने रकम रु १,७६,००,००० (एक करोड छैहत्तर लाख रुपैयाँ) बराबरको नगद लाभांश (लाभांश कर समेत) पारित गरेकाे छ ।

त्यसैगरी, सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, एवं लेखा परिक्षकको प्रतिवेदनसहितको २०७९ अषाढ मसान्तको वासलात र मिति २०७८/०४/१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीयविवरणहरु छलफल पश्चात पारित गरिएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको