नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स् (नेप्स)लिमिटेडले सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको पौष ७ गते बसेको संचालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा ओपौश २९ गते बुधबार नेप्सको केन्द्रिय कार्यालय, भिम प्लाजा, नकासल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को संचालक समितिको वार्षिक प्रतिवेदन उपर छलफाल गरी पारित गरिनुका साथै लेखापरीक्षण प्रतिवेदन सहितको २०७७ आषाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/७७ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी स्वीकृत गरिनेछ ।
त्यसैगरी, आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक पनि निर्धारण गरिनेछ ।]
कम्पनीले प्रकाशन गरेको सूचना हेर्नुहोस्:-
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस