Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सले डाक्यो साधारण सभा, मर्जरमा जाने विशेष प्रस्ताव

अर्थ संसार

सोमबार, ०६ मंसिर २०७८, ११ : ३१ मा प्रकाशित

नेप्सले डाक्यो साधारण सभा, मर्जरमा जाने विशेष प्रस्ताव

नेपाल इलेक्ट्रोनिक तथा पेमेन्ट सिस्टम्स् लिमिटेड (नेप्स) ले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीकाे हिजाे मंसिर ५ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार यस कम्पनीकाे आठाैँ वार्षिक साधारण सभा मंसिर २७ गते, साेमबार, आरण्य बुटिक हाेटेल। मनकामना राेड, हात्तीसार, नक्साल, काठमाडाैँमा दिउँसाे ४ बजेदेखि अनलाइन मार्फत् हुनेछ ।

सभामा नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न र गाभिन (मर्जर गर्न वा प्राप्ति गर्न) उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दायित्व तथा कारोबारको मुल्यांकनका लागि मुल्याकंनकर्ता नियुक्ति गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्वन्धमा आवश्यक सम्पुर्ण कार्य अगाडी वढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।

यसका साथै, सभामा आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहितको २०७८ असार मसान्तको वासलात, तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरि स्वीकृत गर्ने, कम्पनी ऐन २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७८/७९ का लागि लेखा परिक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने, संस्थापक शेयरधनीहरूवाट प्रतिनिधित्व गर्ने ६ जना सञ्चालकहरूको निर्वाचन गरी परिणाम घोषणा गर्ने लगायतका प्रस्तावहरू पनि पारित गरिनेछ ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

619b3065100d5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको