Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सको साधारणसभा सम्पन्न,प्रिमियममा आईपीओ जारी गर्न खुल्यो बाटो

अर्थ संसार

शुक्रबार, २४ कार्तिक २०८०, ०८ : १५ मा प्रकाशित

नेप्सको साधारणसभा सम्पन्न,प्रिमियममा आईपीओ जारी गर्न खुल्यो बाटो

नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड(नेप्स) को दशौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बिहिबार हात्तिसार स्थित अरण्य बुटिक होटलमा संचालक समितिका अध्यक्ष विश्वम्भर न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०७९/८० को संचालक समितिको वार्षिक प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको २०८० अषाढ मसान्तको वासलात र मिति २०७९/०४/१ देखि २०८०/०३/३१ सम्मको नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीयविवरणहरु छलफल गरि पारित गरेको छ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

संचालक समितिबाट प्रस्ताव गरे अनुसार चुक्ता पूँजीको २०% बोनश सेयर र कर प्रयोजनको निम्ति १.०५३ % नगद लाभांश स्वीकृत गर्ने प्रस्ताव साधारण सभाले पारित गरेको छ । संचालक समितिले प्रिमियममा सेयर जारी गर्न पेश गरको प्रस्ताव स्वीकृत गर्ने र सो-सम्बन्धि आवश्यक अन्य प्रक्रियाहरु अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

साथै नेप्स र अन्य उपयुक्त संस्था एक आपसमा गाभ्न/गाभिन वा प्राप्ति गर्न उपयुक्त देखिएमा, संस्थाको चल अचल सम्पति र दावित्व तथा कारोवारको मुल्यांकनका लागि मूल्यांकनकर्ता नियुक्ती गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धि सम्झौता गर्न तथा सो सम्बन्धित आवश्यक सम्पूर्ण कार्य अगाडी बढाउन संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गरेको छ ।

त्यसैगरि, आर्थिक बर्ष २०७९/८० मा विभिन्न सदस्य बैंक तथा वित्तीय संस्थाका ४४ लाख ग्राहकलाई प्रत्यक्ष वित्तीय सेवा प्रवाह गर्दै करिव ४ खर्ब ९५ अर्ब रूपैयाँ आफ्नो प्रणाली मार्फत प्रशोधन गर्न कम्पनी सफल भएको छ । साथै, समिक्षा आर्थिक बर्ष २०७९/८० मा गत आर्थिक बर्ष २०७८/७९ को तुलनामा ४.२८ % ले प्रत्यक्ष आम्दानी रकममा बृद्दी गर्दै  कुल रकम रु २३,०८,६०,३२७ (तेइस करोड आठ लाख साठि हजार तिन सय सत्ताइस रुपैयाँ) को  कारोबार तथा प्रचलित आयकर व्यवस्था अगाडी रु ८,०६,५९,८९० (आठ करोड छ लाख उनन्साठी हजार आठ सय नब्बे रुपैयाँ) मुनाफा आर्जन  गर्न  सफल  भएको छ ।

बैंक तथा बित्तिय सस्थाहरुका लागि विद्युतीय भुक्तानी सेवा प्रदान गर्ने साझा प्लेटफर्मको रुपमा रहेको यस कम्पनीले देशव्यापीरुपमा १,६४५ एटिएम र ९,१४२ POS मार्फत विभिन्न बैंक तथा वित्तीय संस्थाका करिब ४४ लाख ग्राहक महानुभावहरुलाई प्रत्यक्ष वित्तीय सेवा प्रदान गर्दै आईरहेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको