Like us!
Follow us!
Connect us!
Watch us!

सानिमा बैंकको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, ०५ : ३७ मा प्रकाशित

सानिमा बैंकको साधारणसभा आज, लाभांश सहित यी प्रस्ताव पारित हुने

सानिमा बैंक लिमिटेडको १८औँ वार्षिक साधारण सभा आज पौष ३ गते, आइतबार आम्रपाली बैक्ङ्क्वेट, बालुवाटार काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।  

सभामा बैंकको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार गत आर्थिक वर्ष २०७८.७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा(नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ ।

त्यसैगरी, बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको थियो त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको