Like us!
Follow us!
Connect us!
Watch us!

नेप्से ओरालो यात्रामै : १ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लाग्दा २ वटामा नकारात्मक सर्किट

नेप्से

आइतबार, ०३ पुस २०७९, १५ : १४ मा प्रकाशित

नेप्से ओरालो यात्रामै : १ कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लाग्दा २ वटामा नकारात्मक सर्किट

साताकाे पहिलाे काराेबार दिन आज (आइतबार) पनि सेयर बजारले ओरालो यात्रालाई निरन्तरता दिएको छ । नेप्से परिसूचक दाेहाेराे अंकले घटेकाे छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (आइतबार) सेयर कारोबार मापक नेप्से परिसूचक २७.५४ अंकले घटेर १८५५.०६ विन्दुमा झरेकाे छ । नेप्से १.४६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ५.२२ अंकले घटेर ३६२.८२ विन्दुमा झरेकाे छ ।

कूल २५० वटा कम्पनीकाे ३७ लाख ७८ हजार ९ सय ५१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब १५ करोड ७१ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर घटेकाे छ । सबैभन्दा धेरै फाइनान्स समूह घटेकाे छ । 

आज कृषि विकास बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ६ कराेड २५ लाख ११ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

आइतबार इष्टर्न हाइड्राेपावर कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९९ प्रतिशतले घटेर २ सय ८७ रूपैयाँ ४० पैसा पुगेकाे छ ।

यस दिन २ कम्पनीकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । रूरू जलविद्युत र पिपुल्स हाइड्राेपावरकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेको हाे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको