पछिल्लो समय नेपाली सेयर बजार निरन्तर ओरालो यात्रामा छ ।
नेप्से परिसूचक अल टाईम हाईबाट करिब १४ सय अंकले घटिसकेको छ । नेप्से परिसूचक मात्र नभएर काराेबार रकम पनि घटेकाे छ । कुनैबेला दैनिक २२ अर्ब रूपैयाँसम्मकाे काराेबार हुने गरेकाेमा अहिले दिनहुँ १ अर्ब रूपैयाँकाे काराेबार हुन पनि मुस्किल जस्तै देखिन्छ ।
नेप्से परिसूचक र काराेबार रकमसँगसँगै नेप्सेमा सूचिकृत अधिकांश कम्पनीहरुको सेयरमूल्य पनि निरन्तर ओरालो लागि रहेको छ । आजको नेप्सेको तथ्याङ्क हेर्दा यतिबेला दोश्रो बजारमा सूचिकृत ५५ वटा कम्पनीको सेयरमूल्य घटेर ५२ हप्ताकै न्यून मूल्यमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस