Like us!
Follow us!
Connect us!
Watch us!

मेसीको सपना साकार : ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

अर्थ संसार

आइतबार, ०३ पुस २०७९, २३ : ५८ मा प्रकाशित

मेसीको सपना साकार : ३६ वर्षपछि अर्जेन्टिनालाई विश्वकप उपाधि

विश्वकप २०२२ मा साविक विजेता फ्रान्सलाई टाई ब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप उपाधि उचालेको छ ।

निर्धारित समय २-२ र अतिरिक्त समय ३-३ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टीमा ४-२ को नतिजा निकाल्दै अर्जेन्टिनाले तेस्रो विश्वकप उपाधि जित्यो ।

खेलको निर्धारित ९० मिनेट २-२ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि १-१ गोल भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। 

अर्जेन्टिनाका लियोनल मेसी, पाउलो डिबाला, लिन्द्रो पाराडेस र गोन्जालो मोन्टीले पेनाल्टीमा गोल गरे ।

फ्रान्सका केलियन एम्बाप्पे र रान्डेल कोलो मुवानीले मात्र पेनाल्टीमा गोल गरे। किन्सले कोम्यान र अरुलिन चुवामेनी गोल गर्न सकेनन। 

निर्धारित समयमा खेलको २३औं मिनेटमा मेसीले पेनाल्टी मार्फत गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । खेलको २०औं मिनेटमा फ्रान्सका विङगर ओउस्मान डेम्बेलेले एन्जेल डिमारियालाई बक्स भित्र फाउल गरेपछि अर्जेन्टिनाले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टि मार्फत अर्जेन्टिनाका कप्तान मेसीले गोल गरे ।

१-० ले अगाडी रहेको अर्जेन्टिनाका डी मारियाले खेलको ३६औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर बनाएका थिए ।  अर्जेन्टिना तिर मोडिएको खेलको ८०औं मिनेटमा एम्बाप्पेले पेनाल्टीमार्फत गोल गर्दै फ्रान्सलाई २–१ को स्थितिमा फर्काए।

ओटा मेन्डि रान्डाल कोलोमुआनीलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टी पाएको थियो । त्यस गोलको  एक मिनेट नबित्दै एम्बाप्पलेले  फेरि एक सुन्दर गोल गर्दै खेल बराबरी गोल फर्काएका थिए । उनले मार्को थुरामको पासमा गोल गरेका थिए। 

निर्धिरित समयमा थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा धकेलिएको हो ।

खेलको १०८औं मिनेटमा मेसीले गोल गर्दै पुनः अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ११८औं मिनेटमा ह्याट्रिक पुरा गर्दै एम्बाप्पेले खेललाई ३-३ को स्थितिमा ल्याएका थिए ।

तेस्तै अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपमा सर्वाधिक खेल खेल्ने खेलाडी बनेका छन् ।

कतारमा जारी २२औं संस्करणको विश्वकप फुटबल फाइनलमा फ्रान्स विरुद्ध मैदान उत्रेसँगै मेसीले सर्वाधिक २६ खेल खेल्ने कीर्तिमान बनाएका हुन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको