Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकको साधारण सभाबाट पारित हुनेछन् यी ७ एजेन्डा

अर्थ संसार

विहीबार, ०७ पुस २०७९, १४ : ५४ मा प्रकाशित

एनआईसी एशिया बैंकको साधारण सभाबाट पारित हुनेछन् यी ७ एजेन्डा

एनआईसी एशिया बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । बैंककाे पाैष ६ गते,बुधबार, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार बैंककाे २५औँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार, हाेटल आनन्द तिलगंगा, काठमाडाैँमा बिहान ९ बजेबाट सुरु हुनेछ  ।

बैंकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई कुनै पनि प्रकारकाे लाभांश वितरण नगर्ने भएकाे छ ।

बैंकले साधारण सभा प्रयाेजनका लागि पाैष १८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, पाैष १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

सभामा तल उल्लेख गरिएका ७ वटा एजेन्डाहरू पारित गरिनेछ :

सामान्य प्रस्ताव :

१. आर्थिक वर्ष २०७८ / ७९ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने ।

२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७८ / ७९ को नाफा- नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्ने ।

३. यस बैंक तथा बैंकको सहायक कम्पनी एन आई सी एशिया लघुवित्त वित्तीय संस्था लि. तथा एन आई सी एशिया क्यापिटल लि. को आ.व. २०७८ / ७९ को वित्तीय विवरण सहितको एकीकृत वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गर्ने ।

४. लेखापरीक्षण समितिको सिफारिश बमोजिम आर्थिक वर्ष २०७९ / ८० को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने। (कम्पनी ऐन, २०६३ को दफा १११ (३) बमोजिम बहालवाला लेखापरीक्षक श्री एस ए आर एसोसिएट्स चार्टर्ड एकाउन्टेन्ट्स् पुनः नियुक्त हुन योग्य नरहेको ।)

५. मिति २०७८ / १२ / २० मा सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट सर्वसाधारण शेयरधनी समूहको तर्फबाट ४ वर्षका लागि निर्वाचित सञ्चालक श्री निकुञ्ज अग्रवालज्यूले मिति २०७९/०७/०१ मा सञ्चालक पदबाट राजिनामा दिनुभएकोमा निजको राजिनामा मिति २०७९ / ०७/०२ मा सम्पन्न सञ्चालक समितिको ५७१ औं बैठकको निर्णयानुसार स्वीकृत भएको तथा सोही बैठकको निर्णयानुसार निजको बाँकी कार्यकालको लागि बसौटी-६, कैलाली स्थायी ठेगाना भई हाल शान्तिनगर - ३१, काठमाडौं निवासी श्री केशवप्रसाद लम्सालज्यूलाई नियुक्त गरेको निर्णयलाई अनुमोदन गर्ने ।

विशेष प्रस्ताव :

१. बैंकको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन / थप गर्ने ।

२. प्रबन्धपत्र र नियमावली संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै फेरबदल, थपघट गर्न निर्देशन वा सुझाव भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई वा सञ्चालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रत्यायोजन गर्ने ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको