Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रो डेभलपर्सकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

शुक्रबार, ०८ पुस २०७९, १५ : ३१ मा प्रकाशित

नेपाल हाइड्रो डेभलपर्सकाे सेयरमूल्य समायाेजन, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल हाइड्रो डेभलपर्स लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।  

कम्पनीकाे ५ प्रतिशत बाेनसपछि नेप्सेले प्रतिकित्ता ३ सय २ रूपैयाँ १० पैसा कायम हुनेगरी मूल्य समायाेजन गरेको छ । नेप्सेले अन्तिम कारोबार मूल्य ३ सय १७ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीकाे साेह्राैँ वार्षिक साधारण सभा पाैष २९ गते, शुक्रबार लिसारा रिसेप्सन्स, नक्साल, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका शेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३२ प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने पारित गरिनेछ ।

यसका साथै, आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा-नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह लगायतका संलग्न अनुसूचीहरु समेतको स्वीकृत वित्तीय विवरणहरु स्वीकृत गर्ने, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू पनि सभामा पारित गरिनेछ । 

63a579be05439.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको