Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल हाइड्रोको वित्तीय चिरफार : नाफा ९०.१० प्रतिशतले बढ्दा ईपीएस ११ रुपैयाँ नाघ्यो

अर्थ संसार

बुधबार, २४ साउन २०८०, १० : ४९ मा प्रकाशित

नेपाल हाइड्रोको वित्तीय चिरफार : नाफा ९०.१० प्रतिशतले बढ्दा ईपीएस ११ रुपैयाँ नाघ्यो

नेपाल हाइड्रो डेभलपर लिमिटेडले गत आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

नाफा

उक्त विवरण अनुसार चौथो त्रैमाससम्म कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । उक्त नाफा रकम गत वर्षकाे तुलनामा ९०.१० प्रतिशतले धेरै हाे । अघिल्लो आर्थिक वर्ष यही अवधिसम्म कम्पनीले २ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। 

विद्युत बिक्री आम्दानी

चौथो त्रैमासमा कम्पनीले विद्युत बिक्रीबाट १० करोड ५ लाख रुपैयाँ आम्दानी गरेको छ । उक्त आम्दानी गत वर्षकाे तुलनामा ६.७० प्रतिशतले धेरै हाे । अघिल्लो वर्ष यही अवधिमा कम्पनीले विद्युत बिक्रीबाट ९ करोड ४२ लाख रुपैयाँ आम्दानी गरेको थियो। 

सञ्चालन मुनाफा

चौथो त्रैमासमा कम्पनीको सञ्चालन नाफा पनि ४१.४३ प्रतिशतले बढेर ८ करोड २६ लाख रुपैयाँ पुगेको छ । गत वर्षकाे यसै अवधिमा कम्पनीले ५ करोड ८४ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।

चुक्ता पुँजी 

कम्पनीको चुक्ता पुँजी ३३ करोड ५९ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी

कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ११ रुपैयाँ ४१ पैसा नाघेको छ। अघिल्लो वर्ष ईपीएस ६ रुपैयाँ ३० पैसा रहेकाे थियो। 

प्रतिसेयर नेटवर्थ

कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ७२ पैसा रहेको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको