Like us!
Follow us!
Connect us!
Watch us!

आइतबार ७.९७% ले बढेपछि नेपाल हाइड्रोको सेयरमूल्य समायोजन, हिजो सम्मका सेयरधनीले लाभांश पाउने

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, ०८ : ३० मा प्रकाशित

आइतबार ७.९७% ले बढेपछि नेपाल हाइड्रोको सेयरमूल्य समायोजन, हिजो सम्मका सेयरधनीले लाभांश पाउने

नेपाल हाइड्रोको सेयरमूल्य समायोजन भएको छ। कम्पनीले बोनस वितरणको लागि बुकक्लोज भए सँगै नेप्सेले कम्पनीको सेयरमूल्य समायोजन भइ नयाँ मूल्य कायम भएको छ। 

नेप्सेका अनुसार कम्पनीको सेयर मूल्य समायोजन हुदैँ प्रतिकित्ता ३४५ रुपैयाँ ७९ पैसा कायम गरेको छ। सोमबार यही मुल्यमा आधारित रहेर कम्पनीको सेयर कारोबार खुल्ने छ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट ७.३७ प्रतिशत लाभांश बाँड्ने घोषणा गर्दै यस अघि नै आफ्नो १७ औं वार्षिक साधारणसभा बोलाइसकेको छ।यस कम्पनीको मङ्सिर १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बस्ने गरि साधारणसभाको मिति तय गरेकोछ  ।

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।

यसैगरी कम्पनीले हालको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार पाँच सयको ७ प्रतिशतले हुन आउने २ करोड ३५ लाख १४ हजार आठ सय ५५ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.३७ प्रतिशतले हुन आउने १२ लाख ३७ हजार ६ सय २३ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ ।
 
आइतबार सेयर कारोबार प्रतिकित्ता ३७० रुपैयाँमा बन्द भएको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको