नेपाल हाइड्रो डेभलपोर लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आर्थिक वर्ष २०७९/८० सम्मको सञ्चित मुनाफाबाट ७.३७ प्रतिशत लाभांश बाँड्ने घोषणा गर्दै यस अघि नै आफ्नो १७ औं वार्षिक साधारणसभा बोलाइसकेको छ।
कम्पनीले लाभांश र साधारणसभा प्रयोजनार्थ मङ्सिर २५ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । अर्थात आज मङ्सिर २४ गतेसम्म कायम सेयरधनीले मात्र बोनस प्राप्त गर्न तथा साधारणसभामा भाग लिन सक्नेछन् ।
यस कम्पनीको मङ्सिर १५ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले पुस १७ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सन्समा बस्ने गरि साधारणसभाको मिति तय गरेकोछ । कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्ने, लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गर्ने, लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्ने जनाएको छ ।
यसैगरी कम्पनीले हालको चुक्ता पुँजी ३३ करोड ५९ लाख २६ हजार पाँच सयको ७ प्रतिशतले हुन आउने २ करोड ३५ लाख १४ हजार आठ सय ५५ रुपैयाँ बराबरको बोनस सेयर लाभांश बाँड्ने विशेष प्रस्ताव पनि साधारणसभामा पेश गर्ने जनाएको छ । कम्पनीले चुक्ता पुँजीको ०.३७ प्रतिशतले हुन आउने १२ लाख ३७ हजार ६ सय २३ रुपैयाँ कर प्रयोजनका लागि नगद लाभांश पनि बाँड्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस