नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना सेयरधनीहरूको लाभांश वितरणको प्रस्ताव पारित गर्न पुस २५ गते साधारण सभा बोलाएको छ। सभा काठमाडौँको नक्सालस्थित लिसारा रिसेप्सन्समा बिहान ११ बजे सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र त्यसको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गरिनेछ। साथै, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरणका लागि पुस ८ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने सेयरधनीहरूले लाभांश प्राप्त गर्न र सभामा सहभागिता जनाउन योग्य ठहरिनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस