नेपाल हाइड्रो डेभलपर्स लिमिटेडले पुस ८ गते, सोमबार, नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आफ्नो सेयरमूल्य समायोजन गराएको छ। कम्पनीले साधारण सभा र लाभांश वितरणको उद्देश्यका लागि बुकक्लोज गरेसँगै, नेप्सेले ८ प्रतिशत बोनस सेयरको समायोजन गर्दै नयाँ सेयरमूल्य ६८७ रुपैयाँ ४ पैसा निर्धारण गरेको हो।
यसको आधारमा, कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार मूल्य ७४२ रुपैयाँबाट समायोजन गरिएको हो। समायोजित मूल्य अनुसार अब कम्पनीको सेयर कारोबार हुनेछ।
कम्पनीले पुस २५ गते, काठमाडौँको लिसारा रिसेप्सन्स, नक्सालमा १८औं वार्षिक साधारण सभा आयोजना गर्नेछ। सभा बिहान ११ बजे सुरु हुने छ।
सभामा कम्पनीले ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै, प्रबन्धपत्र र नियमावलीमा संशोधनका लागि सञ्चालक समितिलाई अधिकार दिने र लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पनि राखिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस