Like us!
Follow us!
Connect us!
Watch us!

विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले लगानीकर्ता उत्साहित

अर्थ संसार

सोमबार, ११ पुस २०७९, १२ : ४९ मा प्रकाशित

विष्णु पौडेल अर्थमन्त्री बन्ने खबरले लगानीकर्ता उत्साहित

प्रचण्डको मन्त्रिमण्डलमा एमालेको तर्फबाट विष्णु पौडेलले अर्थमन्त्रालयकाे नेतृत्व गर्ने खबर बाहिरिएसँगै यतिबेला सेयर लगानीकर्ताहरू उत्साहित छन् । बुलिस मन्त्रीकाे उपनाम पाएका पाैडेल अर्थमन्त्री बन्ने लगभग पक्का भएसँगै त्यसकाे सकारात्मक माहाेल सेयर बजारमा देखिएकाे छ ।

लगातार घटिरहेकाे सेयर बजारमा आज भने सकारात्मक उछाल देखिएको छ । यसअघि पनि दुई पटक अर्थमन्त्री भैसकेका विष्णु पौडेल लगानीकर्ताहरूले रुचाएका मन्त्री पर्छन् । दुई पटक अर्थमन्त्रालय सम्हालेका उनको कार्यकालमा मार्केट बुलमा गएको थियो। अहिले पनि बजारमा सुखद सुरूवात देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार याे समाचार तयार पार्दासम्म नेप्से परिसूचक ४१.३४ अंकले बढेर १९०८.५५ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि ४.८७ अंकले बढेकाे छ ।

यस अवधिसम्म कुल २४० वटा कम्पनीकाे २६ लाख ४० हजार बढी कित्ता सेयर खरिदबिक्री हुँदा काराेबार रकम १ अर्ब ३ कराेड नाघिसकेकाे छ । 

63a949a819cc9.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको