Like us!
Follow us!
Connect us!
Watch us!

प्रचण्डलाई नेप्सेको हरियो झण्डा

नेप्से

सोमबार, ११ पुस २०७९, १५ : २७ मा प्रकाशित

प्रचण्डलाई नेप्सेको हरियो झण्डा

नेकपा एमालेसहित ७ दलको समर्थन पाएका नेकपा माओवादी(केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सोमबार प्रधानमन्त्रीको सपथ लिँदैछन् । प्रचण्डलाई नेप्सेले हरियो झण्डा देखाएर स्वागत गरेकाे छ । 

यता सेयर बजारलाई विष्णु पौडेल पनि भाग्यमानी सावीत भएका छन् । बुलिस मन्त्रीकाे उपनाम पाएका पाैडेल अर्थमन्त्री बनेसँगै त्यसकाे सकारात्मक माहाेल सेयर बजारमा देखिएकाे छ । लगातार घटिरहेकाे सेयर बजारमा आज भने सकारात्मक उछाल देखिएको छ । यसअघि पनि दुई पटक अर्थमन्त्री भैसकेका विष्णु पौडेल लगानीकर्ताहरूले रुचाएका मन्त्री पर्छन् । दुई पटक अर्थमन्त्रालय सम्हालेका उनको कार्यकालमा मार्केट बुलमा गएको थियो। अहिले पनि बजारमा सुखद सुरूवात देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार साेमबार नेप्से परिसूचक ५६.८८ अंकले बढेर १९२४.०९ विन्दुमा पुगेकाे छ । नेप्से ३.०५ प्रतिशतले बढेकाे हाे । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३८ अंकले बढेर ३७५.४५ विन्दुमा पुगेकाे छ ।

कूल २५० वटा कम्पनीकाे ५६ लाख ५३ हजार कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ९ करोड ७० लाख ४९ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज १२ वटा उपसमूहकाे सेयर बढेकाे छ । अन्य उपसमूहकाे सेयर मात्रै घटेकाे हाे । 

साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २० कराेड ८८ लाख रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

आज आधा दर्जन कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । गोर्खाज फाइनान्स, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त लगायतको मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

यस दिन नेपाल टेलिकमकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ ।  टेलिकमकाे सेयरमूल्य ५.५६ प्रतिशतले घटेर ९ सय रूपैयाँमा झरेकाे छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको