Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन

नेप्से

बुधबार, १३ पुस २०७९, १५ : १५ मा प्रकाशित

लगानीकर्ताले नाफा बुक गर्दा सेयर बजारमा करेक्सन

आज (बुधबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । २ दिन बजार उच्च अंकले बढेपछि आज लगानीकर्ताहरूले नाफा बुक गर्दा करेक्सन आएको विश्लेषक बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११.८१ अंकले घटेर १९७२.१५ विन्दुमा झरेकाे छ । नेप्से ०.६० प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि ४.७२ अंकले घटेर ३८१.३२ विन्दुमा झरेको छ । 

कूल २५७ वटा कम्पनीकाे ६५ लाख ३० हजार ४ सय १५ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब १५ करोड ३५ लाख ४७ हजार २ सय ७ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ८ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी ५ वटा उपसमूहकाेे सेयर बढेकाे छ ।

बुधबार नबिल बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे ८ कराेड ८५ लाख १९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।

यस दिन ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सेन्ट्रल फाइनान्स, प्रभु लाइफ, धाैलागिरी लघुवित्त, खप्तड लघुवित्त र श्रृजनशिल लघुवित्तकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज महुली लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ५.२० प्रतिशतले घटेर प्रतिकित्ता एक हजार २० रूपैयाँमा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको