Like us!
Follow us!
Connect us!
Watch us!

तीन लघुवित्त सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

अर्थ संसार

विहीबार, १४ पुस २०७९, ०६ : ४० मा प्रकाशित

तीन लघुवित्त सहित ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

नेप्सेमा सुचिकृत विभिन्न ६ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको । आरएसडिसी लघुवित्त, कालिका पावर, युनाईटेड इन्स्योरेन्सफरवार्ड माइक्रोफाइनान्स लघुवित्त, सेन्ट्रल फाइनान्स र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका आजसम्म कायम सेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । 

आरएसडिसी लघुवित्तले भोलि अर्थात पुुस १५ गते तथा अन्य कम्पनीहरुले पुस १७ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए शुक्रबार र सनिबार सेयर कारोबार नहुने भएकाले आजसम्म कायम सेयरधनीहरुले मात्र यी कम्पनीको लाभांश प्राप्त गर्न सक्नेछन् ।

आरएसडिसी लघुवित्तको मंसिर १० गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कालिका पावरको पुस ६ गते, बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

कम्पनीले लाभांश परित सहित अन्य ऐजेन्डाहरु पारित गर्नका लागि पुस २९ गतेका लागि साधारणसभा आह्वान गरेको छ । कम्पनीको साभारणसभा कम्पनीको रजिष्टर्ड कार्यलय भरतपुर चितवनमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

युनाईटेड इन्स्योरेन्स कम्पनीको सञ्चालक समितीको बैठकले कम्पनीको हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको ०.२६३२ प्रतिशत नगद लाभांश गरि कुल ५.२६३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे दशाैँ वार्षिक साधारण सभा पाैष ३० गते, शनिबार, दिनेश चाैधरी स्मृति प्रतिष्ठानकाे सभाहल, दुहवी, सुनसरीमा दिउँसाे १ बजेदेखि सुरु हुनेछ  ।

सभामा संस्थाको पौष ४ गते, सोमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि ५ प्रतिशत नगद गरी कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सेन्ट्रल फाइनान्स कम्पनीको पाैष ३ गते, आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे मंसिर १५ गते, विहिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको