Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

विहीबार, २१ पुस २०७९, १७ : ०१ मा प्रकाशित

नेप्सेमा २ कम्पनीकाे सेयरमूल्य समायोजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेड र मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्य समायोजन भएको छ ।

प्रिमियर इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १४.२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ६ सय ८९ रूपैयाँ ७२ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ७ सय ८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, मेराे माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ८ सय ५८ रूपैयाँ ९ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ ।  नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ९ सय ४३ रुपैयाँ ९० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको