Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, सेयर संरचना परिवर्ततनको प्रस्ताव पारित हुने

अर्थ संसार

शुक्रबार, २२ पुस २०७९, ०६ : ५१ मा प्रकाशित

नेपाल इन्स्योरेन्सको साधारणसभा आज, सेयर संरचना परिवर्ततनको प्रस्ताव पारित हुने

नेपाल इन्स्योरेन्स कम्पनीले लिमिटेडको ७४ औँ वार्षिक साधारणसभा आज पुस २२ गते, शुक्रबार नेपाल प्रज्ञा प्रतिष्ठान काठमाडौँमा बिहान १० बजेदेखि सुरू हुनेछ । 

सभामा कम्पनीको सञ्चालक समितीको बैठकले गरेको निर्णय अनुसार आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको ०.४२११ प्रतिशत नगद लाभांश गरि कुल ८.४२११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

साथै सभाले हाल कायम संस्थापक तथा सर्वसाधारण सेयरधनीहरुको सेयर सरचनालाइ परिमार्जन गरी ५१ः४९ को अनुपात कायम गर्ने प्रस्ताव समेत पारित गर्ने छ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पुस ८ गते एक दिन बुकक्लोज गरेको थियो त्यसैले, पुस ७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको