लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले हकप्रद निष्कासन गर्न बीमा प्राधिकरणबाट अनुमति पाएकाे छ ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत हकप्रद निष्कासन गर्न नेपाल बीमा प्राधिकरणबाट सैद्धान्तिक स्वीकृति पाएकाे हाे । प्राधिकरणले हिजाे पुस २१ गतेको पत्र मार्फत हकप्रद सेयर जारी गर्न अनुमति दिएकाे थियाे ।
कम्पनीले १९ औं वार्षिक साधारण सभाबाट हाल कायम चुक्ता पूँजीको ८८.४५१६८ प्रतिशत अर्थात १ : ०.८८४५१६८ को अनुपातमा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित गरिसकेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस