Like us!
Follow us!
Connect us!
Watch us!

सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार, पूँजी बजार प्राथमिकतामा

अर्थ संसार

आइतबार, २४ पुस २०७९, ०७ : ०४ मा प्रकाशित

सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार, पूँजी बजार प्राथमिकतामा

सरकारको न्यूनतम साझा कार्यक्रम निर्माणका लागि गठित समितिले न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन तयार पारेको छ । समितीले उक्त प्रतिवेदन शनिबार गठबन्धनका शीर्ष नेतृत्वलाई बुझाइसकेको छ । 

ुसमितीले तयार पारेको प्रतिवेदनमा पूँजी बजारका बिषयहरुलाई पनि प्राथमिकताका साथ समावेश गरिएको स्रोतले बतायो । ‘यो सरकार गठन भएपनि बसेको पहिलो मन्त्रीपरिषद् बैठकले पनि पूँजी बजारको विकास र बिस्तारका लागि आवश्यक कार्य गर्ने निर्णय गरेको थियो त्यहि मर्मलाई हामिले सरकारको न्यूनतम साझा कार्यक्रममा समेत समावेश गरेका छौ’ उनले भने ‘अहिले नै यी बिषयहरु समाबेश छन् भनेर भन्न मिल्दैन तर यति बुझ्नुहोस् न्यूनतम साझा कार्यक्रममा पूँजी बजारले प्राथमिकता पाएको छ ।’

शनिबार साँझ नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा कार्यदलका संयोजक उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री प्रचण्डको उपस्थितिमा उच्चस्तरीय संयन्त्रका संयोजक एमाले अध्यक्ष केपी ओलीलाई प्रतिवेदन बुझाभएका हुन् । 

उपप्रधान तथा अर्थमन्त्री पौडेलको संयोजकत्वमा गठन भएको कार्यदलमा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन, जनता समाजवादी पार्टीका नेता रकम चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका धवल शमशेर राणा र राष्ट्रिय स्वतन्त्र पार्टीक मुकुल ढकाल सदस्य छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको