Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा थप २ वाणिज्य बैंकको कारोबार रोक्का हुँदै

अर्थ संसार

सोमबार, २५ पुस २०७९, १३ : ३९ मा प्रकाशित

नेप्सेमा थप २ वाणिज्य बैंकको कारोबार रोक्का हुँदै

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वाणिज्य बैंककाे काराेबार राेक्का हुने भएकाे छ ।  नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडको कारोबार रोक्का हुने भएको हो ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल लिमिटेडले पुस २७ गतेदेखि एकिकृत काराेबार सुरू गर्ने भएका छन् । याेसँगै दुवै बैंकको सेयर कारोबार पुस २७ गतेदेखि १५ दिनका लागि रोक्का हुने भएको हाे ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडकाे नामबाट एकिकृत काराेबार सुरू हुने भएकाे हाे । यी दुई बैंकलाई नेपाल राष्ट्र बैंक र कम्पनी रजिष्ट्रारको कार्यालयले मर्जरका लागि अन्तिम स्वीकृति दिइसकेका छन् । 

दुवै बैंककाे मंसिर १३ गते, मंगलबार बसेको सञ्चालक समितिको बैठकबाट नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (Merger) प्रकृयाको क्रममा तयार पारिएको अन्तिम सम्झौता स्वीकृत गरेकाे थियाे ।

दुवै बैंकबीच जेठ २७ गते, शुक्रबार मर्जर सम्झाैता भएकाे थियाे । यी बैंक १००ः९० को सेयर स्वाप अनुपातमा मर्जर जाने सम्झौता भएको हाे । मर्जर पछि बैंकको नाम “ नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड” हुने र सञ्चालक समितिको अध्यक्षको रुपमा  पृथ्वी बहादुर पाँडे तथा प्रमुख कार्यकारी अधिकृतको रुपमा  ज्योती प्रकाश पाण्डे रहने सहमति भएको छ । 

हाल मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ रहेको छ । इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ।  मर्जरपछि बैंकको चुक्तापुँजी ३२ अर्ब रुपैयाँ पुग्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको