Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाईड्रोको आईपीओ बाँडफाँड

अर्थ संसार

बुधबार, २७ पुस २०७९, १२ : ३५ मा प्रकाशित

माया खोला हाईड्रोको आईपीओ बाँडफाँड

माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडकाे साधारण सेयर (आईपीओ) बाँडफाँड भएकाे छ ।

प्रभु क्यापिटल लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा कम्पनीको जारी पूँजीको १०% अर्थात १० करोड रूपैयाँ बराबरको प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १० लाख कित्ता साधारण सेयरमध्ये संखुवासभा जिल्लाको चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा. को वडा नं. ३,४ र ५, मादी न.पा.को  वडा नं. ४ र ६ का स्थाई बासीन्दाहरुको लागि  ६,००,०००  र प्रभावित क्षेत्र संखुवासभा जिल्लाका चैनपुर न.पा.को वडा नं. ८ र ९, धर्मदेवी न.पा.को वडा नं. ३,४ र ५, मादी न.पा.को वडा नं. ४ र ६ बाहेकका चैनपुर, धर्मदेवी र मादी नगरपालिकका स्थाई बासीन्दाहरुको लागि ४ लाख कित्ता साधारण सेयरहरु मंसिर २३ गतेदेखि पाैष १७ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएकोमा हिजाे पाैष २६ गते सेयर बाँडफाँड गरिएको हो ।  

उक्त सेयर बाँडफाँडमा अति प्रभावितमा १,७७२ जना आवेदकबाट प्राप्त ६ लाख ९० हजार ९ सय ४० कित्ताको लागि प्राप्त आवेदन रितवुर्वक प्राप्त भएकोमा  १० कित्ता देखि १,२०० कित्ता सम्म आवेदन आवेदकलाई सम्पूर्ण कित्ता गरी जम्मा ५ लाख २१ हजार ६ सय २० कित्ता सेयर र १२०० कित्ता भन्दा बढी ९ हजार ५ सय २० कित्ता सेयरको लागि आवेदन दिने प्रत्येक आवेदकहरुलाई १२०० कित्ता सेयर गरी ७८ हजार कित्ता सेयर गर्दा जम्मा ५ लाख ९९ हजार ६ सय २० कित्ता सेयर भएको र बाँकी रहेको ३८० कित्ताको लागि १३०० कित्ता देखि ९,५२० कित्ता सम्म आवेदन दिने ६५ जना मध्ये ३८ जना हरेकलाई १० कित्ता सेयर बाँडफाँड गरिएको हो ।

साथै प्रभावितमा २ हजार ६२ जना आवेदकहरुबाट ४ लाख १ हजार ८ सय कित्ताको लागि आवेदन प्राप्त भएकोमा रितपुर्वक प्राप्त भएका आवेदनहरु मध्येहरुलाई ४ लाख कित्ता सेयर धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका, २०७४ को निर्देशन ३० को ४ अनुसारले बाँडफाँड सम्पन्न गरिएको छ ।

बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेवसाइट https://results.prabhucapital.com बाट हेर्न सकिने व्यवस्था मिलाइएको छ । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको