Like us!
Follow us!
Connect us!
Watch us!

हालै आईपीओ जारी गरेको माया खोला हाइड्रोले गर्यो सेयर रजिष्ट्रार चयन

अर्थ संसार

आइतबार, २८ फागुन २०७९, ११ : १७ मा प्रकाशित

हालै आईपीओ जारी गरेको माया खोला हाइड्रोले गर्यो सेयर रजिष्ट्रार चयन

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेड सेयर रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

कम्पनीको सञ्चालक समितिको बैठकले यस कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि सिटिजन्स क्यापिटल लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेको हो ।

अब उप्रान्त कम्पनीको सेयर रजिष्ट्रार अन्तर्गतको सम्पूर्ण कार्यहरू सिटिजन्स क्यापिटल लिमिटेड मार्फत हुनेछ ।

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारदेखि माघ १७ गते, मंगलबारसम्म सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कम्पनीले पहिलाे चरणमा १० लाख कित्ता आयोजना प्रभावितका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेकाे थियाे । दाेश्राे चरणमा निष्कासन गरिने आईपीओमध्ये ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको