Like us!
Follow us!
Connect us!
Watch us!

माया खोला हाइड्रोको आईपीओ बिहीबार बाँडफाँड हुने, ११ लाख बढीकाे हात खाली हुने पक्का

अर्थ संसार

बुधबार, २५ माघ २०७९, १७ : ४९ मा प्रकाशित

माया खोला हाइड्रोको आईपीओ बिहीबार बाँडफाँड हुने, ११ लाख बढीकाे हात खाली हुने पक्का

माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले माघ १३ गते, शुक्रबारदेखि माघ १७ गते, मंगलबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड भाेलि (बिहीबार) हुने भएकाे छ । निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार उक्त आईपीओकाे बाँडफाँड भाेलि (बिहीबार) बिहान ९:३० बजे, क्यापिटलकाे रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा हुनेछ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १३ लाख ९७ हजार ७२३ जना लगानीकर्ताहरूले कुल १ करोड ५८ लाख ६३ हजार ८१० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ७.९६ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी १ लाख ९९ हजार २ सय जना लगानीकर्ताहरूले मात्रै सेयर हात पार्नेछन् । बाँकी ११ लाख ९८ हजार ५२३ जना लगानीकर्ताहरूको भने हात खाली हुनेछ ।

कम्पनीले सर्वसाधारणका लागि  प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १९ लाख ९२ हजार कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । कम्पनीले यसअघि नै १० लाख कित्ता आयोजन प्रभावितका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँड समेत गरिसकेकाे छ । दाेश्राे चरणमा निष्कासन गरिने आईपीओमध्ये ५% अर्थात् १ लाख २० हजार कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ४८ हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियाे । बाँकी १९ लाख ९२ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्दथे ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको