Like us!
Follow us!
Connect us!
Watch us!

६ वटा वाणिज्य बैंकहरुको बार्षिक साधारणसभा आज, कुनको के प्रस्ताव हुँदैछ पारित ?

अर्थ संसार

विहीबार, २८ पुस २०७९, ०६ : ५८ मा प्रकाशित

६ वटा वाणिज्य बैंकहरुको बार्षिक साधारणसभा आज, कुनको के प्रस्ताव हुँदैछ पारित ?

नेपाल आज विहिबार बिभिन्न ६ बाणिज्य बैंकहरुको बार्षिक साधारणसभा हुँदैछ । नेपाल राष्ट्र बैंकको नियमावलीमा बैंक तथा वित्तीय संस्थाहरूले आर्थिक वर्ष सकिएको ६ महीनाभित्र वार्षिक साधारण सभा गरिसक्नुपर्ने प्रावधान छ ।

आज लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, हिमालयन बैंक, सिभिल बैंक र सिद्धार्थ बैंकको बार्षिक साधारणसभा हुँदैछ ।

प्राइम कमर्सियल बैंक लिमिटेडले बबरमहलस्थित कार्की ब्यांक्वेटमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले गत आर्थिक वर्ष सम्मको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ४ प्रतिशत बोनस शेयर र कर प्रयोजनसमेतका लागि ४ दशमलव ९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सिद्धार्थ बैंकले आर्मी अफिसर्स क्लब भद्रकाली, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिएको छ । सभाले १२ दशमलव ५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ६६ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

हिमालयन बैंकले होटल सोल्टी सोल्टीमोडमा बिहान ११ बजे साधारण सभा शुरू हुने जानकारी दिएको छ । सभाले ८ प्रतिशत बोनस शेयर र ११ दशमलव ११ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

सिभिल बैंकले अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे साधारण सभा शुरू गर्ने जानकारी दिएको छ । सभाले ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको शून्य दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने प्रस्ताव पनि पारित गर्नेछ । 

लक्ष्मी बैंक लिमिटेडले साधारण सभा अग्रवाल भवन कमलपोखरी, काठमाडौंमा बिहान ११ बजे शुरू गर्ने जानकारी दिइएको छ । सभाले लक्ष्मी बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने सम्बन्धमा आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पारित गर्नेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको