Like us!
Follow us!
Connect us!
Watch us!

लक्ष्मी बैंक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

अर्थ संसार

विहीबार, २८ पुस २०७९, १४ : ४० मा प्रकाशित

लक्ष्मी बैंक साधारण सभा सम्पन्न, पारित भए यी एजेन्डा

लक्ष्मी बैंक लिमिटेडको बाइसौं वार्षिक साधारण सभा आज (पौष २८ गते, बिहीबार) काठमाडौंमा सम्पन्न भएकाे छ । 

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ का लागि सञ्चालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । साथै आर्थिक वर्ष २०७९/८० का लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ । 

आर्थिक वर्ष २०७८/७९ मा रु १३९ अर्ब निक्षेप र रु १३२ अर्ब कर्जा पुर्याएको यस बैंकको वासलातको आकार रु १७३ अर्ब रहेको छ । सो आर्थिक वर्षमा बैंकले १ अर्ब ५१ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको