Like us!
Follow us!
Connect us!
Watch us!

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेप्से

सोमबार, ०२ माघ २०७९, १३ : ४४ मा प्रकाशित

नेप्सेमा २ कम्पनीको सेयरमूल्य समायाेजन, कुनकाे कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीकाे सेयरमूल्य समायाेजन भएकाे छ ।

स्टकका अनुसार नेकाे इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे १५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ७ सय ७८ रूपैयाँ ४३ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य ८ सय ९५ रूपैयाँ २० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

त्यसैगरी, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडकाे ३० प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता एक हजार ३ सय ६५ रूपैयाँ ७७ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारकाे अन्तिम कारोबार मूल्य एक हजार ७ सय ७५ रूपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको