Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाबाट मन्त्री टुंगो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, ०६ : ५० मा प्रकाशित

रास्वपाबाट मन्त्री टुंगो लगाउने अधिकार अध्यक्ष लामिछानेलाई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट मन्त्री छनोट गर्ने जिम्मा अध्यक्ष रवि लामिछानेलाई दिइएको छ।

रास्वपाको सोमबार बसेको संसदीय दलको बैठकले विज्ञताका आधारमा मन्त्री छनोट गर्न पार्टी अध्यक्ष तथा उपप्रधान तथा गृहमन्त्री लामिछानेलाई जिम्मा दिने निर्णय भएको पार्टी केन्द्रीय सदस्य तथा सांसद सन्तोष परियारले जानकारी दिए।

सांसद परियारका अनुसार सत्ता साझेदार दलहरूसँग छलफल गर्ने जिम्मा अध्यक्ष लामिछानेलाई दिएको कारण पनि मन्त्री छान्ने अधिकार पनि उनलाई नै दिइएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको