Like us!
Follow us!
Connect us!
Watch us!

तरलतामा सुधारको संकेत : एकैदिनमा निक्षेप १२ अर्बले बढ्दा अन्तर बैंक ब्याजदर ५.९५% मा झर्याे

अर्थ संसार

मंगलबार, ०३ माघ २०७९, १७ : ५३ मा प्रकाशित

तरलतामा सुधारको संकेत : एकैदिनमा निक्षेप १२ अर्बले बढ्दा अन्तर बैंक ब्याजदर ५.९५% मा झर्याे

तरलतामा सुधारकाे संकेत देखिएकाे छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ५.९५ प्रतिशतमा झर्दा सीडी रेसियो पनि घटेकाे छ ।

नेपाल राष्ट्र बैंकका अनुसार पाैष २८ गते बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५३ खर्ब ३२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । पाैष २७ गते, बुधबारसम्म बैंकहरूकाे निक्षेप ५३ खर्ब २० अर्ब रूपैयाँ रहेकाे थियाे । एक दिनमा बैंक तथा वित्तीय संस्थाहरूकाे निक्षेप १२ अर्बले बढेकाे हाे । यसै अवधिमा वाणिज्य बैंकहरूकाे निक्षेप पनि ११ अर्बले बढेर ४७ खर्ब एक अर्ब पुगेकाे छ ।

वाणिज्य बैंकहरूको कर्जा लगानी पनि बढेर ४२ खर्ब ४२ अर्ब रूपैयाँ पुगेकाे छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४७ खर्ब ९० अर्ब रूपैयाँ छ ।

बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८६.५७ प्रतिशतबाट घटेर ८६.४७ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ६.४७ प्रतिशतबाट ५.९५ प्रतिशतमा झरेकाे छ ।

63c690078487f.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको