पछिल्लाे समय तरलतामा सुधार देखिँदै गएकाे छ । तरलतामा व्यापक सुधार देखिँदा अन्तर बैंक ब्याजदर पनि आक्रामक रूपमा घट्दै गएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेकाे पछिल्लाे तथ्याङ्क अनुसार अन्तर बैंक ब्याजदर ४.७२ प्रतिशतमा झरेकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार असार २ गते शनिबारसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ५५ खर्ब ६८ अर्ब रुपैयाँ निक्षेप रहेको छ । बैंक तथा वित्तीय संस्थाहरूकाे कुल कर्जा प्रवाह ४८ खर्ब ५४ अर्ब रूपैयाँ छ ।
बैंकहरूको औसत कर्जा- निक्षेप अनुपात (सीडी रेसियो) ८३.९३ प्रतिशतमा झरेकाे राष्ट्र बैंकले जनाएको छ । अन्तर बैंक ब्याजदर ४.७२ प्रतिशतमा झरेकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस